भूपू गोर्खाका समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले भूतपूर्व गोरखा सैनिकले पाउनुपर्ने न्यायोचित हक अधिकारको लागि सरकारले कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा गोरखा भूतपूर्व सैनिक संघ गेसोले, गोरखा समस्या समाधानका लागि आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले १७७९ भन्दा अगाडिका गोरखा सैनिकलाई पेन्सन र अन्य सुविधाका सवालमा भूतपूर्व सैनिकहरूको पक्षमा सरकारले निरन्तर कूटनीतिक पहल अगाडि बढाइरहेको दाबी गरे ।

सरकारको तर्फबाट मन्त्रिस्तरीय विभिन्न बार्ता  र छलफल गरिरहेको भन्दै उनले समस्या समाधानका लागि  सबै राजनीतिक पक्षले साथ दिने उनको भनाई छ ।

‘मलाई लाग्छ नेपालका हरेक राजनीतिक पक्षबाट तपाईंहरूले पाउनुपर्ने न्यायोचित हक अधिकारको पक्षमा हामी छौँ । नेपाल पूर्ण रूपमा तपाईंहरूको पक्षमा छ । यसका लागि सरकारको तर्फबाट हामी कूटनैतिक संवादको प्रक्रियालाई अगाडि बढाउँछौँ ,’ उनले भने ‘वार्ता र संवादको प्रक्रियाबाट भूतपूर्व नेपाली गोरखा सैनिकहरूले पाउनुपर्ने उनीहरुको अधिकार जुन हो त्यो अधिकार र उनीहरूको सुविधा प्राप्त होस् भन्ने कुराको लागि हाम्रो प्रयत्न रहने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर