सहमहामन्त्री यादवमाथि भएको सांघातिक हमलाको कांग्रेसद्वारा निन्दा

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उनले बताए ।

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुन सक्ने जोकोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर