सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछानेविरूद्धको मुद्दाको पेसी तोकिएको छ।  सो मुद्दा तेस्रो क्रममा रहेको छ।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भने पनि काठमाडौं जिल्ला अदालतमा पटक-पटक मुद्दाको पेसी सर्दै आएको छ।न्यायाधीश कार्कीले नपन्छाए मुद्दामा आज अन्तिम बहस हुनेछ।

यसअघि भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर