चिकित्सा शिक्षा आयोगलाई राज्यले निकास दिन सकेन : देवेन्द्र पौडेल

पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई राज्यले निकास दिन नसकेको टिप्पणी गरेका छन्।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले आयोगका कामबारे सरकारले गम्भीर भएर निकास दिनुपर्ने बताए।

‘चलाउँदै आएको, चल्दै आएका यस प्रकारको संस्थाको बारेमा राज्यले निकास त दिनुपर्‍याे नि! सरकार को हो? सरकार त चिकित्सा शिक्षा आयोग पनि हो, शिक्षा मन्त्रालय पनि हो,’ उनले भने, ‘चिकित्सा शिक्षा आयोगमा शिक्षा मन्त्रालय जोडिएको छ। प्रधामन्त्री आफैं त्यसको प्रमुख हुनुहुन्छ। यो निकास नदिएर उहाँहरू कहिले मन्त्रालयमा जाने, कहिले धर्नामा जाने। यसलाई समाधान गर्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर