सन्दीपविरूद्धको मुद्दामा पीडितको जन्ममितिसम्बन्धी थप कागजात झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दामा अदालतले पीडितको जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको इजलासले बिहीवार पीडित किशोरी बसाइँसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउन आदेश दिएको हो।

अदालतले काठमाडौंको एक स्थानीय तहबाट २०६९/१०/१५ मा नुवाकोटमा बसाइँसराइ गरी जाने क्रममा काठमाडौंको स्थानीय तहमा पेस गरेको कागजातको अभिलेख झिकाउने आदेश दिएको छ। यसअघि बसाइँसराइ गरी गएको स्थानीय तहबाट कागज मगाएको थियो।

सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेस आदेश दिइएको छ। अर्को पेसी भदौ २६ गतेलाई तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर