सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने गरी काम भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने गरी काम गरिरहेको बताएका छन्।

लगानी बोर्डको १२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार आफ्नो लक्ष्यमा प्रतिबद्ध रहेको भए पनि त्यो चुनौतीपूर्ण भएको बताए।

उनले भने, ‘नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको छ। तर, कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्र हाम्रा आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतीको रूपमा रहनेछ।’

ठूला पूर्वाधार आयोजनाहरूलाई सहजीकरण र परिचालन गर्ने सन्दर्भमा संकलन गरेको अनुभवका आधारमा सरकार अघि बढेको बताएका उनले हालको १५ औं पञ्चवर्षीय योजनामा कुल लगानीको आधाभन्दा बढी निजी क्षेत्रबाट आउने अपेक्षा गरिएको उनले सुनाए।

‘हामी कार्यान्वयनको अन्तिम वर्षमा छौं। हामीले १६ औं आवधिक योजनाको मस्यौदा तयार गर्दा, नेपाल सरकार राष्ट्रिय विकासका लागि निजी क्षेत्र, देशी र विदेशी स्रोत परिचालन महत्त्वपूर्ण छ भन्ने कुरामा दृढ विश्वास गर्छ,’ उनले भने, ‘व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानूनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध छ।’

सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको भन्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार एफडीआईको सन्दर्भमा नीति सुधार गर्न र विशेषगरी पीपीपी मोडलमा विकासका विभिन्न चरणमा रहेका आयोजनाहरूको प्रभावकारी ह्यान्डहोल्डिङका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर