मेची नदीमा हामफालेकी महिलाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

झापाको मेचीनगर नगरपालिका-१, तिरिङ दोभानस्थित मेची नदीमा हामफालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रवार इलाम जिल्लाको रोङ गाउँपालिका-६ बस्ने ४० वर्षीया सोमा तामाङ सो नदीमा हामफालेकी थिइन्।
घटनाको जानकारी पाएपलगत्तै सशस्त्र प्रहरी बल, नेपाल बीओपी तिरिङबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो।
उनलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *