अष्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरठिमी नगरपालिका-४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-२६, सामाखुसी बस्ने ५० वर्षीया रत्नकेशरी श्रेष्ठ छिन्।

उनले २० लाख रूपैयाँ ठगी गरेको आरोप छ।

प्रहरीका अनुुसार उनले आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै उक्त रकम ठगी गरेकी हुन्।

सामाखुसीबाट पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

One thought on “अष्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ

  1. सर्बप्रथमत:सबै नै येस्ता हरामी ठग हरु अब वच्नु हुन्न!
    प्रहरीको येस्तो महान कार्यले अब जनता हरु ले प्रहरी लाई हेर्ने दृस्ठिकोण अबस्यै नै प्रभावित हुने देखिन्छ। धेरै धेरै ठग हरु जस्ले मलाई समेत मेरो खुन पशिना को कमाई ठगेर आज सम्म सुरछ्यित तवर ले निर्भिकता पुर्बक अझै पनि आफ्नो ठगी ब्यबसाय, मलेसिया,कतार, दुबै, लगायत पस्चिमी मुलुक हरुमा लुकेर चलाई रहेका छन तिनिहरु सबै लाई नेपाल प्रहरी ले पक्राउ गरेर जेल हाल्न सकोश भन्ने सुभकामना छ। जय मात्रीभुमी!

Leave a Reply to Sudip Sharma Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर