
गौहत्याविरूद्ध चर्किँदै विरोध, काठमाडौंमा निकालियाे सद्भाव र्याली


धरानमा केही दिनपहिले गौहत्या गरेर सार्वजनिक रूपमा भोज गरिएपछि त्यसको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।
यसै क्रममा काठमाडौंमा शनिबार गौहत्याको विरोध गर्दै सद्भाव र्याली निकालिएको छ।
वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौंको माइतीघरमण्डलादेखि नयाँबानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो। र्यालीमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए। उनीहरूले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए।
नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरूले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्यालीमा सहभागीहरूले बताएका छन्। राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरूले हिन्दु राष्ट्र नै नेपालमा कायम हुनुपर्ने जिकिरसमेत गरेका छन्।
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
- रेशम चौधरीको पक्राउ सामान्य त्रुटी मात्रै होइन : सीके राउत
प्रतिक्रिया