खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै 

११ औं कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
दक्षिण कोरियाली दूतावासस र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको ११ औं संस्करणमा ७ सय ११ महिला र १ हजार ६७ पुरूष गरी जम्म १७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ।
भदौ २७ गते देखि ३१ गतेसम्म हुने प्रतियोगितामा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। जसअन्तर्गत १० वटा उपसमिति रहेका छन्।
प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरू प्रिचालन गरिने आयोजकले जनाएको छ।
प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगिताको यो ११ औं सस्करणमा पहिलो पटक भारत र बंगलादेशका खेलाडीहरू पनि सहभागी हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर