दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १-० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो ।

म्यानमारका लागि विन न्याङ तुङले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो ।
नेपालका खेलाडीले म्यानमारको गोल अफसाइट भएको माग गरेका थिए । सोही क्रममा नेपालका कप्तान किरणकुमार लिम्बूले पहेँलो कार्ड पनि पाए ।

पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुंगिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो ।

नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १५ स्थान माथि १६० औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर