देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहत भएको बताएका छन्।

उनले नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्।

‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु। दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन्।

नेम्वाङको हृदयघातबाट गए राति १:३० बजे निधन भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर