प्रहरी वरिष्ठ हवल्दारविरूद्ध भ्रष्टाचार मुद्दा

नेपाल प्रहरीका एक जना वरिष्ठ हवल्दारविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

प्रहरी प्रभाग बूढानीलकण्ठ, काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

उनले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप छ।

सेवाग्राहीबाट लिएको घुसबापतको एक लाख रूपैयाँसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा उनले घुस लिएको पुष्टि हुन आएकाले उनीविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

वरिष्ठ हवल्दार सिंहविरूद्ध एक लाख रूपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिएर मुद्दा दर्ता भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *