खेलाडीहरूको पुरस्कार रकम भोलि निकासा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूका लागि घोषणा गरिएको पुरस्कार निकासा गर्ने बताएका छन् ।

बिहीबार चीनको हाङझाओमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै मात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्तसमेत गरे ।

उनले प्रधानमन्त्रीले घोषणा गरिसकेको कुरा हुँदैन कि भनेर चिन्ता नलिन खेलाडीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *