
बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरू’ सार्वजनिक


बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरू’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा तयार भएको हो।
गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा. भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शंकर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ।
तीन वर्षदेखि सुरशाला संगीत विद्यालय झम्सिखेलमा गायक तथा संगीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयनले आगामी दिनमा पनि गीत-संगीत क्षेत्रमा सक्रिय रहने बताए।
बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत-संगीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक आयनले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा गीतकार एवं चिकित्सक डा. भोला रिजाल, गीतकार तथा पूर्वसचिव शंकर कोइराला, गायक प्रेमराजा महतले बाल गायक आयनमा नेपाली संगीत क्षेत्रका लागि आशलाग्दो सम्भावना रहको बताए।
प्रतिक्रिया