एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा, तीन नयाँ अनुहार

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको २४ सदस्यीय प्रारम्भिक टोलीमा तीन जना नयाँ अनुहारले स्थान पाएका छन्।

यू-१९ विश्वकप छनोट खेलेकाहरूलाई निरन्तरता दिएको क्यानले यू-१६ इष्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरेको हो।

यू-१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ। अभिषेक तीव्र गतिका बलर हुन्। निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन्।

यू-१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, अर्का दीपक बाेहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाललगायत समेटिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर