अमेरिका र चीन भ्रमणका लागि टोली छरितो बनाएको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन्।

शुक्रबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गरेका छन्। उनले भने, ‘भ्रमणका लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री प्रचण्डले टोली सानो बनाइएको बताए।

सो भ्रमणका क्रममा आफूले संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेका जलवायु परिर्वतनलगायतका विषयमा महत्त्वपूर्ण साइडलाइन वार्ता गर्ने अवसर प्राप्त गरेको उनले बताए।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाँदै छन्। बैठकमा उनले आफ्नो चीन भ्रमणबारे पनि जानकारी गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर