कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणप्रति सरकार गम्भीर छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकलाई आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी दिन उपस्थित भएका उनले पूर्वमन्त्रीमाथिको आक्रमणबारे सरकार गम्भीर भएको बताएका हुन्।

आक्रमणकारीलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने भन्दै यस प्रकारका घटना दोहोरिन नदिन र शान्ति व्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको उनले बताए।

उनले भने, ‘नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको छ। आक्रमणकारीलाई प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराउन चाहन्छु। यस प्रकारका घटना दोहोरिन नदिन र शान्ति व्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी गराउँछु।’

यस्तै उनले सुन तस्करीको विषयमा सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी पनि गराएका छन्।

‘अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ। यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी गराउन चाहन्छु,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर