मेयर बालेन शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच भेटवार्ता भएको छ।

आजको भेटमा काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडाहरूमा क्रिकेट नेट राख्ने सहमति भएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै क्रिकेट नेटको व्यवस्था गर्न लागिएको बताए।

उनले लेखेका छन्, ‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौंबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन। कारण, काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो। स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो। त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौं।’

त्यस्तै कुशल प्रशिक्षकहरूको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आईसीसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरू गर्ने उनले बताए, जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले बताएका छन्।

उनले लेखेका छन्, ‘बागमती प्रदेशभित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन्। प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो। यस खाडललाई सम्बोधन गर्न हामीले बागमती क्रिकेट संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आईसीसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरू गर्दै छौं, जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ।’

उनले यस्ता कार्यक्रममार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्टफु क्रिकेट प्रतिभाको संख्या बढाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर