राष्ट्रिय हितलाई ध्यानमा राखेर सहायता लिनुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशी सहायता स्वीकार गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा सोमबार आयेजित नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीको १७ औं स्थापना दिवसमा उनले अमेरिकी सहयोग नियोग (एमसीसी) लगायत अन्य वित्तीय सहयोग देशको हितबाहिर भए अस्वीकार गर्नुपर्ने बताए।

उनले भने, ‘केही केही मानिसहरू एमसीसीलाई अस्वीकार गर्नुपर्थ्यो भन्छन्। अरू केही हैन त्यो गरे हामीलाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन्। तर विदेशीहरू हाबी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन। हामी उनीहरूको गतिविधिप्रति सधैं सचेत छौं। हामी देश र जनताको हितमा निर्धक्क भएर काम गर्छौं।’

अध्यक्ष नेपालले यहाँ विदेशी शक्तिका स्वार्थ एवं साम्राज्यवादी शक्तिहरूका आफ्ना योजनाहरू रहेको उल्लेख गर्दै त्यस्ता कार्यप्रति सबै सर्तक हुन आवश्यक भएको बताए। देश अत्यन्त भूराजनीतिक जटिलताको अवस्थामा रहेको र कहिले पनि अतिमा गएर राष्ट्रलाई फाइदा नहुने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर