आजको युगमा पनि खानकै लागि संर्घष गर्नुपर्ने स्थिति लाजमर्दो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको युगमा पनि खानकै लागि संर्घष गर्नुपर्ने अवस्था आउनु दुखद् भएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरूसम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीमा खानाकै लागि संघर्ष गर्नुपर्ने स्थिति लाजामर्दो विषय भएको बताएका छन् ।

उनले मानिसकै गलत प्रवृतिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संर्घष गर्नुपर्ने स्थिति लज्जास्पद भएको बताए ।

त्यस्तै प्रर्याप्त सम्भावना भएर पनि विद्युत उत्पादन नभएको कारण नेपालमा विद्युत वितरणमा समस्या आएको टिप्पणी गरे ।

उनले उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युतको खपत पनि बढी हुने बताए । कृषिको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले उद्योगहरूले विद्युत पाएको छैन । सवस्टेशन छैन । त्यसकारण विद्युत सप्लाई गर्न सकिएको छैन । उद्योगहरूले अहिले पनि मागिरहेका छन् । हामीलाई चाँहिदो विद्युत उत्पादन भएको छैन । पुग्दो उत्पादन भए पनि हामीले कसरी उपभोग गर्ने पनि सिकाएको छैन ।’

अर्को प्रसंगमा उनले नेपाल मासुमा आत्मानिर्भर भयो भने पनि ट्रकका ट्रक खसी बोका आयात भइरहेको भन्दै भने, ‘नेपाल मासुमा आत्मानिर्भर भयो भनेको छ र पनि दिनका दिन ट्रकका ट्रक खसी-बोका आइरहेका छन् । आत्मानिर्भर छ भने खसी-बोका कहाँ जान्छ ? त्यसको पनि जानकारी लिन आवश्यक छ । आत्मनिर्भर छौं भनेको छ, मुस्ताङबाट च्यांग्रा पोखराबाट यता आउँदैनन् ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर