शेखर कोइरालाले बोलाएको बैठकमा विश्वप्रकाश र प्रदीप अनुपस्थित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन्।

नेता कोइरालाले मंगलबार दिउँसो १:३० बजे बस्ने गरी आफ्नो समूहको बैठक बोलाएका छन्। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बस्दै छ।

उक्त बैठकमा बोलाइए पनि शर्मा र पौडेल अनुपस्थित हुने भएका हुन्।

महामन्त्री शर्मा निकट स्राेतले शर्मा नेता कोइरालाको कार्यशैलीप्रति असन्तुष्ट रहेकाले बैठकमा उपस्थित नुहने जनाएको छ।

प्रदीप पौडेल भने चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर