सशस्त्रका डीएसपी कसले पाउला कमाण्ड ?

सशस्त्र प्रहरी बल, नेपाल मुख्यालयले २०८१ सालमा गुल्म कमाण्ड गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको पूर्वानुमान सूची प्रकाशित गरेको छ ।
मंगलबार सबै युनिटलाई पठाइएको सूचीअनुसार समान अवसर प्रदान गर्ने नीति संगठनले लिएबमोजिम सशस्त्र प्रहरी बल, नेपालका अनाश्रित तथा आश्रित गुल्म कमाण्डमा ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा गरी जम्मा ६० जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको नामावली प्रकाशित गरिएको छ ।
प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले केन्द्रीय ज्येष्ठताको आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका नायब उपरीक्षकहरूको पूर्वानुमान सूची तयार गरिएको हुँदा संगठनले तर्जुमा गरेका नीतिलाई सबैले आत्मसात गरी प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयको विश्वास छ ।
एफपीयू मिशन, अनपोल मिशन, प्रोफेशनल लेभलको यूएन मिशन र १ वर्षभन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरूवा नगरिने संगठनको नीति रहेको बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका नायब उपरीक्षकहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान सूची तयार गरिएको उनले बताए । यसैगरी पूरा अवधि कमाण्ड नगरेका नायब उपरीक्षकहरूलाई समेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको हो ।
पूर्वानुमान सूची प्रकाशन गर्ने नीतिपछि कमाण्ड जान अस्वस्थ प्रतिस्पर्धा , बाह्य दबाब र कोही कमाण्ड गरिरहने कोही कमाण्डबाट वञ्चित हुने अवस्थाको अन्त्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *