नेपालमा राष्ट्रद्रोहीको बाहुल्यता छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा राष्ट्रद्रोही जमातको बाहुल्यता रहेकैले समस्या बढेको टिप्पणी गरेका छन्।

‘विद्यालय शिक्षा विधेयक’ विषयक काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले समयमै परीक्षा नगर्ने र नतिजा सार्वजनिक गर्न लामो समय लगाउने परिपाटीको विरोध गर्दै राष्ट्रद्रोहीहरूकै कारण समस्या भएको टिप्पणी गरे।

‘अमेरिका, युरोप, चीन र भारतको जस्तो हाम्रो पाठ्यक्रम किन बन्दैन। ३० वर्ष अगाडिका नोट ल्याएर पढाएर अहिले २१ औं शताब्दिका युवा बनाउन सकिन्छ? हामी किन बोल्दैनाैं, यो मेरो गुनासो हो,’ उनले भने, ‘सीटीईभीटीले लिएको परीक्षाको नतिजा निकाल्न १ वर्ष लगाउँछ, त्यो नेपालमा नबस भनेको हो कि होइन? यस्तो राष्ट्रद्रोहीहरूको जमातको बाहुल्यता छ नेपालमा, आज विद्यार्थीहरूले यसको विरोध गर्नुपर्छ कि पर्दैन?’

अहिलेका नेता र विज्ञहरूको दोहोरो चरित्र हुने गरेको उनको टिप्पणी छ। ‘कलियुगमा राजनीति गर्ने नेता, विद्वान, समाजका नेता यिनीहरूका दुईवटा मुख हुन्छन्। जनतासँग एउटा कुरा गर्ने र काम अर्को गर्ने हुन्छन्। यो वास्तविकता हो,’ उनले भने।

उनले अब पुरानै शैलीले देशको हित नहुने बताए। ‘नक्सा बनायौं, दराजमा राख्यौं, छिमेकी देशलाई दिएनौं, यस्तो कार्यहरू हुन्छ। यस्तो दुईवटा मुख भएका नेताहरूसँग छौं। हामीले बुझेका छौ तर हाम्रो उमेर जान लाग्यो हामीले के गर्ने, परिवर्तन गर्न खोज्यो आफैंलाई फ्याँक्दिने हो कि भन्ने डर छ। कति राख्ने पुराना नेताहरूलाई, उनीहरूलाई सम्मान गर्ने, आदर गर्ने तर अब युवाहरू राजनीतिमा आउनुपर्छ। नेपाललाई अगाडि बढाउने हो भने नत्र धेरै गाह्रो छ, यो मेरो लामो अनुभव हो,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर