संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन्। मन्त्रिपरिषद्को सिफारिसबमोजिम बुधबार (३ असोज) देखि लागू हुने गरी सजाय माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकको कैद सजाय माफी मिनाहा भएको हो।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बू, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनहा गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर