एसियाली खेलकुद : पुरूष भलिबलमा लगातार दोस्रो हार व्यहाेर्दै प्रतियोगिताबाट बाहिरियो नेपाल

नेपाली पुरूष भलिबल टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिए तापनि त्यसलाई कायम गर्न सकेको थिएन ।

पछिल्ला दुई एसियाली खेलकुदमा पुरूष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई २५-९, २५-१५ र २५-१३ ले हरायो । नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो ।

प्रतियोगितामा सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । र, प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर