युवा शक्तिलाई बिदेसिनबाट रोक्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले युवा शक्तिलाई देशमै रोक्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल रिटर्नी एशोशिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले देशको श्रम शक्ति युवालाई बिदेसिनबाट रोक्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले हाम्रो देशको श्रम शक्ति युवालाई देशमै रोक्न सकेको छैनौं । लेख्नको लागि लेखेको छौं बजेटमा पढाउँदै, पढ्दै काम गर्दै तर काम र व्यवहारमा त्यो हुन सकेको छैन । त्यसैले कसरी हामीले नीतिहरूलाई व्यवहारमा लागू गर्न संकल्प चाहिन्छ । प्रस्ट योजना चाहिन्छ ।’

उनले सरकारले गरेको राम्रो काममा समाजवादी मोर्चा र पार्टील पूरै साथ दिने बताए । संविधानमा उल्लेख गरिएका हिसाबले सरकारले प्रतिबद्धता गरेका कुराहरू व्यवहारमा लागू गरेर अघि बढ्न सरकारलाई आग्रह गरे ।

उनले भने, ‘हामी सरकारलाई संविधानमा उल्लेख गरिएका कुराहरू आफैंले जुन हिसाबले प्रतिबद्धता गरिएको छ, ती कुराहरू व्यवहारमा लागू गरेर देखाउनका लागि अगि बढ्न आग्रह गर्छु । समाजवादी मोर्चाले र समाजवादी पार्टीले राम्रो कामको लागि सरकारलाई पूरै साथ दिने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर