साफ यू-१९ च्याम्पियनसिप : उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौंमा हुने साफ यू-१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ।

बिहीबारदेखि काठमाडौंमा हुने प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक सुनिल श्रेष्ठले समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए।

‘हाम्रो लक्ष्य भनेको पहिलो राउण्डबाट जितेर दोस्रो राउण्डमा जानुपर्‍याे। दोस्रो राउण्डमा पुगेपछि फाइनल जित्नुपर्‍याे,’ उनले भने, ‘बाहिर पनि राम्रो राम्रो खेलाडीलाई बोलाइरहेको छ। त्यो पनि यिनीहरूको लागि मोटिभेसन हो। अहिले जस्तो प्रर्दशन देखाइरहेको छ, राष्ट्रिय टोलीमा पनि केहीले अवसर पाउँछ जस्तो लाग्छ।’

साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन्।
नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर