चन्द्र भण्डारीसहित ८ जना कांग्रेसको केन्द्रीय सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार गुल्मी-१ का प्रतिनिधिसभा सांसद डा. चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्।

मनोनित हुनेमा भण्डारीसहित अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटा रहेका छन्।

केन्द्रीय सदस्यमा मनोनितमध्ये भन्द्र भण्डारी, शिवप्रसाद हुमागाईं र शारदा पौडेल संस्थापन इतर र अरू संस्थापन पक्षका हुन्।

भण्डारी १४ औं महाधिवेशनमा उपसभापति र विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर