हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरूमाझ विभिन्न सेवा अभिवृद्धि गर्ने उदेश्यले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौं, पोखरा, चितवनलगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको छ।

ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद समग्री, फर्निचर, विद्युतीय दुईपांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजमलगायत अन्य स्थानहरूमा वस्तु खरिद तथा सेवा शुल्कमा विशेष छुट पाउन सक्ने छन्।

बैंकले सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउने छन्।

ग्राहकहरूले छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीहरूको बारेमा विस्तृत जानकारी हिमालयन बैंककोे अधिकारिक वेबसाइटमा गई हेर्न सक्नेछन्।

हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरूमा लागू भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरी आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *