साफ यू-१९ च्याम्पियनसिप : पहिलो खेलमा पाकिस्तानसँग पराजित भयो नेपाल

साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल १-० लेस्तब्ध भएको छ।

दशरथ रंगशालामा भएको खेलमा मध्यान्तरअघिसम्म गोलरहित बराबरी खेलेको नेपाललाई पराजित गर्न पाकिस्तानका लागि अली जफ्फरले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

उनले खेलको ७५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाएका हुन्।

पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए।

खेलको नवौं मिनेटमा मुहम्मद अदिल योउनासको फ्रिकिक पोष्टको माथिबाट बाहिरिएको थियो। ११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेको थिएन।

२७ औं मिनेटमा शाह जहानको फ्रिकिक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाएका थिए।

नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ। ६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। नेपालले यो प्रतियोगिता सन् २०१५ मा जितेको थियो। यसबीचमा यू-१९ स्तरीय साफ च्याम्पियनसिप आयोजना भएको थिएन।

सन् २०१७ र २०१९ मा साफ यू-१८ च्याम्पियनसिप भएको थियो भने सन् २०२२ मा साफ यू-२० च्याम्पियनसिप आयोजना भएको थियो। नेपालले सन् २०१७ मा आयोजना भएको साफ यू-१८ च्याम्पियनसिप पनि जितेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर