कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

महासमिति बैठकका लागि देउवाको संयोजकत्वमा मूल तयारी समिति

नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भएअनुसार महासमितिको बैठकको तयारीका बारेमा विभिन्न प्रस्तावहरू आएको र सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने निर्णय भएको बताए।

‘बैठकमा तीनवटा प्रस्तावहरू प्रस्तुत भएका छन्। पहिलो नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नीतिगत विषयहरू पारित गर्न बाँकी थियो र त्यो विषयका लागि नीति महाधिवेशन गर्ने भनिएको थियो। साउन २ गतेदेखि १० गतेसम्म बसेको बैठकले नीति महाधिवेशनको सट्टामा महासमितिको बैठकबाट नै नीति पास गर्ने निर्णय भएको थियो,’ उनले भने, ‘महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भएअनुसार महासमितिको बैठकको तयारीका बारेमा विभिन्न प्रस्तावहरू आए र सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भन्ने छ। सोहीअनुसार प्रस्ताव तयार गर्नका लागि उपसभापति तथा नीति प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा नीति मस्यौदा तयारी समिति बन्ने छ।’

त्यस्तै सो बैठकमा सांगठानिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्ने उनले बताए।
त्यस्तै आजको बैठकमा थापाले नै पार्टीका समग्र कार्यक्रमको समीक्षा प्रस्तुत गरेको र जनसरोकारका विषयमा उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराएको उनले बताए। आजको बैठकमा एक दर्जनभन्दा बढी सदस्यले आफ्नो भनाइ राखेको र बैठक भोलि बिहान ११ बजे फेरि बस्ने उनले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर