सुनसरीमा झण्डै १६ लाख रूपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीको इटहरीबाट १५ लाख ८७ हजार रूपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका-६ स्थित एक होटलबाट नक्कली नोटसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संखुवासभा घर भएका अजय राई र विवेक राई रहेको प्रहरी निरीक्षक कैलाश चौधरीले बताए । उनीहरूका साथबाट १ हजार रूपैयाँका १६ बन्डल नोट फेला परेको छ ।

इटहरीमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । त्यस क्रममा शंका लागेर खानतलासी गर्दा ती व्यक्तिहरू नक्कली नोटसहित पक्राउ परेका हुन् ।

जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।

इटहरीसहित सुनसरीका विभिन्न व्यापारिक केन्द्रहरूमा नक्कली नोट पाइन थालेपछि सूक्ष्म रूपमा निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर