१९ औं एशियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरियो

१९ औं एशियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरिएको छ।

नेपालको पुरूष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो।

शनिबार गोंग्शु क्यानल जिमेन्जियममा भएको समूह चरणको खेलमा समूह ‘एफ’ मा रहेको महिला टोली भारतसित ३-० ले पराजित भएको थियो।

महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११-१, ११-६ तथा ११-८ अंकले पराजित भइन् । यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११-३, ११-७ तथा ११-२ अंकले पराजित भइन् । यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११-१, ११-५ तथा ११-२ अंकले पराजित भइन्।

यसैगरी नेपालको पुरूष टोली पनि उत्तर कोरियासित नेपाल ३-० ले पराजित भएको छ।

पुरूषतर्फ समूह ‘बी’ मा रहेको नेपालका संयोग कपाली ११-७, ११-४ तथा ११-५ अकले पराजित भए। अर्को खेलमा नेपालका रूविन महर्जन ११-२, ११-६ तथा ११-२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११-८, ११-२ तथा ११-३ अंकले पराजित भए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर