कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै शंकर भण्डारीको आपत्ति

महासमिति बैठकमा हिन्दूराष्ट्रको एजेण्डा राख्न माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले आफूले पाएको सूचनाअनुसार ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै त्यस कार्यलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए।

आइतबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै सरकारको विरोधसमेत गरे।

नेता भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ‘ॐ’ हटाइँदैछ। आजकै बैठकबाट एउटा निर्णय गरियोस्। सरकारलाई निर्देश गरियोस्। यो हद भयो, अति भयो। सरकारसँग स्पष्ट जवाफ मागियोस्। यो कुरा सत्य हो भने सरकारले यो कार्य तुरून्त बन्द गरोस्।’

उनले महासमिति बैठकमा हिन्दूराष्ट्रको एजेण्डा पनि राख्न मागसमेत गरेका छन्। नेता भण्डारीले भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो। देशभरिका कार्यकर्ताको आवाज हो, यो मूल एजेन्डा बनाउनुस्। नत्र धेरै अप्ठ्यारो पर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर