जातका आधारमा भोट हाल्ने चलन राम्रो होइन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातका आधारमा भोट हाल्ने चलन उचित नभएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले जातका आधारमा भोट हाल्ने चलन बढिरहेको भन्दै त्यसो गर्नु उचित नभएको बताए।

उनले जनताले जातिभन्दा पनि देशलाई विज्ञ, देशको सेवामा लाग्ने, समर्पित व्यक्ति छानेर भोट हाल्नुपर्ने बताए।

पार्टीले धेरै कुरा गर्न नसकेको भए पनि मुस्लिम धर्मावलम्वीहरूका लागि समानुपातिक समावेशी हिसाबले आरक्षणको व्यवस्था गर्ने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *