१९ औं एशियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ। नेपाल र जापानबीचको खेल आज साँझ ५:१५ बजे हुनेछ।

महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो। यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो। नेपाल भियतनामसित २-० गोल अन्तरले पराजित भएको हो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। पानले भने पहिलो खेलमा बंगलादेशलाई ८-० गोलअन्तरले पराजित गरेको थियो।

समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। उक्त समूहमा जापान शीर्ष स्थानमा रहेको छ। यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ।

लिम्बूको घुँडाको शल्यक्रिया सफल
यसैबीच भियतनामविरूद्धको पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरू लिम्बूको घुँडाको शल्यक्रिया सफल भएको छ। उनको आइतबार चीनको हाङ्झाउस्थित लोङवान अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो।

भियतनामविरूद्धको पहिलो खेल खेल्ने क्रममा लिम्बू खेलको ३५ औँ मिनेटमा घाइते भएकी थिइन्। उनको घुँडाको मांसपेसी च्यातिएको थियो। लिम्बूले १९ औँ एशियाली खेलकुदअन्तर्गत महिला फुटबलका बाँकी खेल गुमाउने भएकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर