सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन।

रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका-३, चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर