१९ औं एशियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरूआत

१९ औँ एशियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरूआत गरेको छ । १९ औँ एशियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ ।

आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् । पुरूष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन् । उनी ४-१२ र २-० अंकले पराजित भए ।

यसैगरी महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन् । उनी थाइल्याण्डकी खेलाडीसित १२-० तथा १०-० अंकले पराजित भइन् । तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन् ।

यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरूषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन् । एशियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरूषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ ।

यसअघि नेपालले एशियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य पदक प्राप्त गरेको थियो ।

रग्बीमा पनि नेपाल बाहिरियो
यसैबीच एशियाली खेलकुदअन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ । समूह ‘डी’ मा नेपालसहित यूएई, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर