रुसको अपराधीको सूचीमा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालत -आइसिसीका अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो ।

पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासङ्घको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार एजेन्सीहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।

सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहेका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर