शिक्षकलाई खुसी बनाउने नाममा संविधानविपरीत ऐन बनाउन सकिँदैन : मन्त्री गुरूङ

कानूनमन्त्री धनराज गुरूङले शिक्षकलाई खुसी बनाउने नाममा संविधानविपरीत ऐन बनाउन नसक्ने बताएका छन्।

कांग्रेस उपसभापतिसमेत गुरूङले सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता कार्यान्वयनको समस्या, शिक्षा विधेयकमा देखिएको भन्दै शिक्षकलाई खुसी बनाउने नाममा संविधानविपरीत ऐन बनाउन नसक्ने बताएका हुन्।

उनले भने, ‘हामी संघीयतामा गयौं तर वास्तवमा अंगीकार गर्न नसकेको कुरा यही शिक्षा विधेयकमा पनि देखियो। शिक्षकहरूलाई सम्बोधन गर्नुपर्छ त्यो हो। तर, शिक्षकलाई खुसी पार्ने सन्दर्भमा हामीले बनाएको संविधानविपरीत ऐन बनाउन मिल्छ कि मिल्दैन? हामी त्यस्तो मानिस होइन जसले संविधानभन्दा माथि कानून बनाउन सक्दैनौं। यो कुरा प्रस्ट हुनुपर्छ। त्यसैले शिक्षकलाई ह्याप्पी बनाउने नाममा संविधानलाई मिचेर संविधानविपरीत ऐन बनाउन सकिँदैन। यो कुरा भन्नैपर्छ।’

उनले आममाफी दिने सन्दर्भमा आफ्नो नाम जोडेर राजीनामासमेत माग गर्दै विभिन्न समाचारहरू आएको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर