साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश

राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू-१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक-एक गोल गरे । खेलको पहिलो हाफमै २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल गर्‍यो । खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
त्यस्तै खेलको ३०औँ मिनेटमा नेपालले दोस्रो अग्रता लियो । समिरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए । यसैगरी खेलको ५८औँ मिनेटमा माल्दिभ्सका लायन रसिदले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । तर ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्‍याए । त्यसपछि समीरले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे ।
समूह ‘ए’ बाट सेमिफाइनलमा नेपाल र पाकिस्तान पुगेका छन् । माल्दिभ्स भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *