सन्दीप लामिछाने चीन प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने एशियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन्। मंगलबार मध्याह्न उनी चीन गएका हुन्।

उनी घाइते भएका ललित राजवंशीको स्थानमा बोलाइएका अर्का क्रिकेटर सागर ढकालसँगै चीनतर्फ उडेका हुन्।

यसअघि उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एशिया कप खेल्न नसक्ने बताएका थिए। क्रिकेट संघका पदाधिकारीहरूसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ जान तयार भएका हुन्।

एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए। आइतबारदेखि सुरू हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर