सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा

प्रहरीले बसको ठक्करबाट मृत्यु भएका सशस्त्र प्रहरी हवल्दारको घटनामा ठक्कर दिने बस र चालकलाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार राति १ बजेतिर दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ हरिचन मोडमा बसले ठक्कर दिँदा बाजुरामा कार्यरत ४० वर्षीय हवल्दार नरेन्द्रसिंह महराको मृत्यु भएको थियो ।

सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले ठक्कर दिंदा घटनास्थलमैं उनको मृत्यु भएको प्रहरी अनुसनधानबाट देखिएको छ । बाजुराबाट पाटन–८ हरिचनस्थित घर आइरहेका महराको खोड्पेमा बसको ठक्करबाट मृत्यु भएको थियो । उनी बसबाट झरेर पैदल घरतर्फ जान लाग्दा दुर्घटना भएको बताइएको छ ।

बैतडी प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ घर भएका बस चालक जनकराज गिरी र सो बसलाई खोचलेकबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *