इन्ट्रा नेसनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाद्वारा रोचेस्टरमा वार्षिक इन्ट्रा कप-२०२३ आयोजना

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सफलतापछि इन्ट्रा नेसनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले न्युयोर्कको रोचेस्टरमा आफ्नो वार्षिक इन्ट्रा कप २०२३, सक्कर र भलिबल टुर्नामेन्ट आयोजना सम्पन्न गरेको छ ।

फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीले खेलकुदमा सहभागिता प्रवर्द्धन गर्दै समुदायमाझ स्पोर्ट्सम्यानसीपलाई बढावा दिनु इन्ट्रा कप २०२३ को प्रमुख उद्देश्य भएको बताए। उनले भने, ‘खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिटजस्ता महत्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो। खेलका माध्यमबाट नेपालीलाई एकताको सुत्रमा बाध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रवर्द्धनसमेत कार्यक्रमको उद्देश्य हो।’

तेस्रो इन्ट्रा कप सक्कर टुर्नामेन्ट २०२३ पुरुषतर्फका विजेता टिम स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको छ भने महिलातर्फका विजेता साइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको छ।

तेस्रो इन्ट्रा कप इन्टरस्टेट सक्कर टुर्नामेन्ट २०२३ (भेटरान) को उपाधि लगातार दोस्रो वर्ष पनि सिन्सी इन्ट्रा एफसीले जितेको छ। सिन्सी इन्ट्राले यो जितसँगै १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको छ।

तेस्रो इन्ट्रा कप भलिबल टुर्नामेन्ट २०२३ महिला उपाधि बेलमोन्टले जितेको छ। उसले ८ हजार अमेरिकी डलर नगद, हात पारेको छ। भलिबल टुर्नामेन्ट पुरुष उपाधि रुकुम एले जितेको छ। एले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको छ।

तेस्रो इन्ट्रा कपको प्रयोजकमा जोर्शिमाल ज्वेलरी, गोल नेपाल डट कम, हर्से स्पाइस रेस्टुरेन्ट एन्ड बार, ओम गोल्ड हाउस मेलिश ज्वेलर्स, पाथिभरा ज्वलेर्स , अल इन वान युनिट, एवान लेन्डिङ टिम, गौतम इन्स्योरेन्स एजेन्सी रहेका छन्।

त्यसैगरी, तेस्रो इन्ट्रा कपका सपोर्टर्समा इन्ट्रा नेसनल फार्मेसी, म्याजिक अफ लभ होमकेयर एलएलसी, स्टार प्लस होम हेल्थ केयर, एलएलसी, होराइजन केयर, जिएचसी, अमेरिकेयर हेल्थ सर्भिसेज आइएनसी, इन्ट्रा नेसनल होम केयर, सेरिनिटी होम हेल्थ एजेन्सी, फिरस्ट्याट नर्सिङ सर्भिसेज एलएलसी रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *