सुशासन नभए जनतामा अनुशासन हुँदैन : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिबारे जनताका बीचमा अराजकताको मानसिकता जन्मेको बताएका छन् ।

बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आम रूपमा उत्पन्न असन्तुष्टिलाई राज्यले जसरी गम्भीर रूपमा लिनुपर्ने हो, त्यो लिन नसकेको बताए ।

‘सरकार मात्र नभई राजनीतिक पार्टीहरुप्रति समग्र रूपमा परिस्थिति निराशाजनक छ,’ नेता केसीले भने, ‘आम रूपबाट जुन असन्तुष्टि छ, त्यसलाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । राज्यमा सुशासन भएन भने जनतामा अनुशासन हुँदैन ।’

उनले पार्टी विधिसम्मत चलेन भने कार्यकर्ताहरू अराजक हुने र त्यही खालको राष्ट्रिय परिस्थिति देखिन थालेको बताए ।

सबै राजनीतिक दलहरूले राज्यको अहिलेको स्थितिबारे सोच्नुपर्ने केसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *