१९ औं एशियाली खेलकुद : महिला फुटबलमा नेपाल र बंगलादेशबीच बराबरी

१९ औँ एशियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्गदेशसित बराबरी खेलेको छ । नेपाल र बङ्गलादेश दुवैले एक-एक गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३ औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्गलादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४ औँ मिनेटमा सविना खातुनले गोल गरिन् ।

समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बङ्गलादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २-० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८-० गोलअन्तरले पराजित भएको थियो ।

यस्तै बङ्गलादेश पहिलो खेलमा जापानसित ८-० गोलअन्तरले तथा भियतनामसित ६-१ गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *