पशुपन्छी विकासअन्तर्गतका कार्यालयमा मन्त्री भुसालको छड्के

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयहरूको छड्के अनुगमन गरेका छन्।

उनले काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन्।

कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भए गरेका कामकारबाहीबारे जानकारी लिँदै तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।

देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचारलगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएका छन्।

मन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर