एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरू

नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज सुरू भएको छ।

असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो।

बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए।

सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर