सहकारीको साढे दुई करोड रूपैयाँ बढी रकम हिनामिना गरेको आरोपमा प्रबन्धक पक्राउ

तनहुँको भिमाद नगरपालिका-९, सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ।

सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो।

उनले विभिन्न मितिमा संस्थाको शेयर रकम, बचत रकम र एक सय तीस शेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेको आरोप छ।

उनले उक्त सहकारी संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ रूपैयाँ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर